आज :

अछाम-२ मा गठबन्धनका पुष्प शाह फराकिलो मतान्तरसहित विजयी

  • अनलाइन डबली

अछाम । अछाम निर्वाचन २ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पुष्पबहादुर शाह विजयी भएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका शाहले २२ हजार ९५४ मत सहित विजयी भएका हुन् । उनले नेकपा एमालेका यज्ञ बहादुर बोगटीलाई फराकिलो मतसहित पराजित गरेका छन् ।

बोगटीले १६ हजार ११४ मात्रै प्राप्त गरे । त्यसैगरी स्वतन्त्र उम्मेदवार चन्द्र प्रसाद ढुंगाना ३११ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मिन बहादुर शाहीले २८६ मत मात्रै पाएका छन् । त्यस्तै नेपाली मजदूर किसान पार्टीका झंकर बहादुर शाहीले १०८ मत पाएका छन् ।

यसअघि नै अछामकै क्षेत्र नम्बर १ मा गठबन्धकै शेर बहादुर कुँवरले एमाले उम्मेदवार झपट बहादुर बोहरालाई पराजित गर्दै जितको खाता खोलेका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका कुँवरले १९ हजार ५३४ ले मत प्राप्त गरेका छन् ।

एमालेका बोहराले १५ हजार ४५ मत मात्रै प्राप्त गरेका गरे भने स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत मात्रै पाएका छन् । त्यस्तै हाम्रो नेपाली पार्टीका महेन्द्र बहादुर बोगटीले १७१ मत पाएका छन् ।

यसैबीच बारा-४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित जित हासिल गरेका हुन् ।

श्रेष्ठले एमाले-जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरेका छन् । एकवालले १९ हजार ४३९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।

उता कंचनपुरबाट-३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लेखक १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मात्र मत पाइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal