आज :

चितवन-२ बाट आयो सबैलाई चकित पार्ने खबर, हेर्नुहोस् बिस्तृतमा

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् । सबलाई चकित पार्दै उनले मतान्तर फराकिलो बनाएका छन् ।

४८ हजार ३२८ मत गणना हुँदा लामिछाने आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा १३ हजार ७५४ मतले अगाडि छन् । रवि लामिछानेले २४ हजार २८० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले १० हजार ५२६ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५१३ मत प्राप्त गरेका छन् ।

उता झापा क्षेत्र नं. २ को पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे १ हजार ६६ मतले अगाडि छन्।

घिमिरेले २२ हजार ७ सय ५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपालले २१६९० मत प्राप्त गर्दै पछ्याइरहेका छन्।

७० हजार ८१६ मत गणना हुँदा ४ हजार ४७६ मत बदर भएको झापा क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, गठबन्धनका तर्फका उम्मेदवार हरिकुमार रानाले ११ हजार ९१७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फका रुद्रप्रसाद गिरीले ७ हजार १५ मत प्राप्त गरेका छन्।

उता रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले मतगणनामा अग्रता कायम राखेका छन् ।

रुपन्देही-३ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाण र तीन दलीय तर्फबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रुपन्देही-३ प्रतिनिधि सभा सदस्यको सोमबार दिउँसो देखि मतगणना सुरु भएको हो ।

मतगणना सुरु भएदेखि खाणले अग्रता कायम राखेका छन् । मंगलबार दिउँसो राप्रपाका बोहराले केही समय अग्रता लिएपनि खाणले पुन: बोहरालाई पछि पार्दै गणनामा निरन्तर अघि बढिरहेका छन् ।

रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार खाणले १५ हजार ७७ मत प्राप्त गर्दा बोहराले १४ हजार २०७ मत प्राप्त गरेका छन् ।

रुपन्देही-३ मा ४६ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्र छन् । १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा यस क्षेत्रमा ९२ हजार ९ सय ७२ (७० दशमलव ५) मतदान भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal