आज :

कञ्चनपुर १ मा केछ प्रचण्ड बुहारी बिना मगरको अवस्था ? बल्ल बाहिरियो यस्तो नतिजा

  • अनलाइन डबली

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन् । एमाले उम्मेदवार तारालामा तामाङले ११ हजार ४०९ मतसहित अग्र स्थानमा छन् ।

उनलाई पछ्याइरहेकी प्रचण्ड बुहारी समेत माओवादी केन्द्रकी बिना मगरले ७ हजार ४०८ मत पाएकी छिन् । तामाङले मगरको भन्दा ४००१ मतान्तरले अगाडि छन् ।

२४ हजार २३३ मत गणना हुँदासम्म १ हजार ५३४ मत बदर भएका छन् । १० जना उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा राप्रपाका दिल्ली बहादुर शाहीले १ हजार ३४३ मत पाएका छन् ।

ती बाहेक अन्य कुनै पनि उम्मेदवारले हजार मत कटाउन सकेका छैनन् । मगर गठबन्धनको साझा उम्मेदवार हुन् भने तामाङ एमालेको तर्फबाट उम्मेदवार बनेका छन् ।

तीन वटा क्षेत्र रहेको कञ्चनपुरमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले २ वटामा जित निकालेको थियो । अहिले भने कञ्चनपुरमा तामाङका कारण एमालेको विरासत जोगाउने देखिएको छ ।

उता सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने बाजुरामा मत गणना सुरु भएको छैन ।

मत गणना भइरहका कैलालीका ४ निर्वाचन मध्ये कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ । कैलाली– ४ मा कांग्रेसका वीबहादुर बलायरले एमालेका लेखराज भट्टलाई पछि पारेका छन् । बलायरले १९ हजार १७२ मत ल्याउँदा भट्टले १६ हजार ९०२ मत पाएका छन् ।

यस्तै कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त पनि अगाडि लागेका छन् । एमालेका नारदमुनी रानालाई ४७४ मतले पछि पारेका हुन् । पन्तले ४ हजार ९३३ मत ल्याउँदा रानाले ४४५७ मत प्राप्त गरे ।

कञ्चनपुर २ र ३ मा पनि कांग्रेस भारी मतान्तरले अगाडि छ । २ नम्बर क्षेत्रमा कांग्रेसका एनपी साउदले १८ हजार ४५५ मत प्राप्त गर्दा एमालेका नरबहादुर धामीले १५ हजार १४३ मतसहित पछ्याइरहेका छन् । यता कञ्चनुर ३ मा पनि कांग्रेसका रेमश लेखक जित नजिक पुगेका छन् ।

लेखकले २८ हजार १३९ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १७ हजार १५६ मत ल्याएकी छिन् । लेखकसँग पाल करिब ११ हजार मतान्तरले पछि परेकी छिन् । दार्चुलमा पनि कांग्रेसका दिलेन्द्र बडु एमालेका गणेश ठगुन्नाभन्दा १५ हजार ४६ मत अगाडि लागेका छन् । बडुले २२ हजार ४९६ र ठगुन्नाले २० हजार ९५० मत ल्याएर पछ्याइरहेका छन् ।

अछाम २ मा पनि कांग्रेसका पुष्पबहादुर शाह भारी मतान्तरले जित नजिक छन् । शाहले २१ हजार ३२४ मत ल्याउँदा एमालेका यज्ञबहादुर बोगटीले १४ हजार ८६७ मत पाएका छन् ।

कैलाली –१ मा भने नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अगाडि छिन् । रञ्जिताले १६ हजार २५५ मत पाउँदा कांग्रेसका रामजनम चौधरीले ९ हजार ७९२ मत पाएका छन् । प्रदेशमा पनि कांग्रेसका उम्मेदवार अधिकांश ठाउँमा अग्रस्थानमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal