आज :

बागलुङ, कञ्चनपुर, डोटी र उदयपुरबाट माओवादी केन्द्रका लागि आयो खुसीको खबर, हेर्नुहोस बिस्तृतमा

  • अनलाइन डबली

काठमाडौँ । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् । पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् ।

पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन् ।

यस्तै कञ्चनपुर २ को प्रदेश सभातर्फ (१) मा माओवादी ओम विक्रम भाट(सरल) निर्वाचित भएका छन्। उनी १० हजार ९ सय २५ मत प्राप्त गरेर विजयी भए।

एमालेका बचनबहादुर सिंहले भने १० हजार ४ सय ५० मत प्राप्त गरे। यस्तै, नागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले ५ हजार १ सय ५२ मत ल्याइन्।

त्यस्तै डोटी प्रदेश सभा २ मा नेकपा माओवादीका शिवसिंह ओली विजयी भएका छन्। उनले १४ हजार ४७ मत ल्याएका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका टेक बमले १३ हजार १ सय २८ मत मात्रै ल्याए।

शिवसिंह ओली यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव थिए। यहाँ ३० हजार २ सय ३४ मत खसेको थियो।

जसमा १ हजार ७ सय ३२ मत बदर भए। उता उदयपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण बुर्जा मगर झिनो मतान्तरले विजयी भएका छन्।

यसअघि पनि प्रदेशसभा सांसद रहेका उनले एमाले उम्मेदवार देवराज राईलाई हराएका हुन्। बुर्जाले ८१०५ मत ल्याउँदा एमालेका राईले ८०७० मत मात्रै पाएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal