आज :

समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत, कुन दलले कति पाए ?

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ ।

समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ ।

राप्रपाले भने अहिलेसम्म ५७ हजार २३६ मत पाएको छ । यसैबीच आम निर्वाचनमा प्राप्त नजिताले माओवादी केन्द्रमा हलचल देखिएको छ ।

नतिजा सोचेजस्तो नआएको र गठबन्धन भएपनि आफ्नो उम्मेदवारलाई मत नआएको प्रारम्भिक प्रतिक्रियाका क्रममा माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामले निश्चित सन्देशहरू दिएको भन्दै यसका कारण विश्लेषण र संश्लेषण हुनुपर्नेमा जोड दिएका छन् ।

उनले यसबारे धेरै बोल्न नचाहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सबै आँधीबेहरीहरु तपाईँको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, तपाईंको बाटो सफा गर्न पनि आउँछन् ।’ यही बुद्ध शिक्षाको महत्वपूर्ण अंशलाई मनन गरिनुपर्ने उनको भनाइ छ ।

यसैगरी माओवादी केन्द्रका अर्का नेता रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले माओवादीलाई मत नआउनुमा कांग्रेसका केही नेताहरुलाई दोष दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना ।’

उनले माओवादीले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने उल्लेख गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गरेको माओवादी केन्द्रको कमजोर नतिजा देखिएको भन्दै टीकाटिप्पणी भइरहेको बेला पार्टीभित्र पनि तरंग उत्पन्न भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal