आज :

चितवन-२ को ताजा अपडेट- रवि लामिछाने १९ हजार बढी मतका साथ अग्र स्थानमा, दोस्रोमा एमाले कि कांग्रेस ?

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अग्रस्थानमा छन् ।

ताजा अवस्थामा रवि लामिछाने १९७२३ मतका साथ पहिलो नम्बरमा छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्णभक्त पोख्रेल ९०८३ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ ८८७३ मतसहित तेस्रो स्थानमा छन् । यता नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।

एमालेका पदाधिकारीहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पराजय तथा अग्रता गुमाइरहँदा माओवादी केन्द्रका महासचिव र एमाले उपमहासचिवको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको छ ।

क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिसक्दा देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ ३ सय ८ मतलेमात्रै अगाडि छन् ।

सुरुवातको क्व्होलासोंथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको मतगणना भइरहँदा पृथ्वीसुब्बाले देव गुरुङलाई १ हजार ९ सय ९ मतले उछिनेका थिए ।

बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको मतगणना बाँकी हुँदा दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले सहजै आँकलन गर्न सकेका छैनन् ।

राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकाबाट सोचे अनुरुपको मत प्राप्त नभएपछि माओवादी केन्द्रका महासचिव गुरुङपक्ष तनावमा रहेको एक नेताले बताए । बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा ‘लिड’ गर्ने उसको दाबी छ ।

स्थानीय तह चुनावमा दुवै पालिकामा सत्ता गठबन्धन पराजित भए पनि देवप्रसाद गुरुङको नातेदार भएको ठाउँ भन्दै व्यक्तिगत प्रभावमा मत आउने उनीहरूको आशा छ ।

दुवै स्थानीय तहको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षसहित बहुमत जितेको दुवै पालिकामा अब सहजै जित हासिल गर्ने एमालेको विश्वास छ ।

कूल ८० हजार ४ सय ८४ मत खसेको लमजुङमा ६ वटा स्थानीय तहको ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

उनका अनुसार अब बेसीसहर नगरपालिका र मर्स्ङ्दी गाउँपालिकाको २६ हजार ८ सय १७ मतगणना बाँकी छ । गणना भएकोबाट पृथ्वीसुब्बा गुरुङले २२ हजार ४ सय ३८ मत पाएका छन् । देवप्रसाद गुरुङले २२ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।

सुरुमा क्व्होलासोंथर गाउँपालिका र दुधपोखरी गाउँपालिकामा मतगणना भइरहँदा पृथ्वीसुब्बाले १ हजार ९ सय ९ मतले अग्रता लिएका थिए । त्यतिबेला कूल १७ हजार ९ सय २८ मतगणना भएको थियो ।

अब २६ हजार ८ सय १७ मत गन्न बाँकी रहेको भन्दै देवप्रसाद गुरुङपक्ष चुनाव जित्नेमा आशावादी छन् । दुवै पालिका पार्टीले बहुमत ल्याएपनि अझै करिब एकतिहाई मत गणना गर्न बाँकी रहेकोमा पृथ्वीसुब्बा गुरुङपक्ष ढुक्क हुन सकेका छैनन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार अहिले समानुपातिक तर्फको मतगणना भइरहेको छ । प्रत्यक्षतर्फको मतगणना भइसकेको ६ वटा पालिकाको समानुपातिक तर्फको मतगणना भएपछि प्रत्यक्षतर्फको मतगणना सुरु हुने उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता थिए । निर्वाचनमा ८० हजार ४ सय ४८ मत खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal