आज :

माओवादीले प्रतिनिधिसभामा जितको खाता खोल्यो, दाहाल भारी मतसहित निर्वाचित

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा जितको खाता खोलेको छ । माओवादी नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट फराकिलो अन्तरले विजयी भएका छन् । दाहाल २७ हजार ५१७ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेकपा एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।

यसैबीच झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ । तर उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि छन् । खरेलले २१८२८ मत ल्याएका छन् ।

त्यस्तै सुर्खेत-२ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । बुधबार बिहान सकिएको मत गणनामा थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरे । थानीले ३४ हजार ६२५ मत पाउँदा एमालेका बीसीले भने २९ हजार ५५८ मत प्राप्त गरेका छन् ।

यसैगरी तनहुँ २ मा गठबन्धका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शंकर भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका नेता किरण गुरुङलाई पराजित गरेका छन् । भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङ २५ हजार १३० मत मात्रै पाए । यो क्षेत्रमा एमालेले जित्दै आएको थियो । ०५१ मा कांग्रेसका अमरराज कैनीले एमालेका टुकराज सिग्देललाई हराएका थिए भने २०४८ एमालेका किरण गुरुङले कांग्रेसका पदम आलेलाई १६ सय ६२ मतको अन्तरमा हराएका थिए ।

त्यसैगरी २०५६ मा एमालेका टुकराजले कांग्रेसका विष्णु बिरालेलाई २ हजारभन्दा बढीको मतान्तरमा हराए । २०६४ मा एमालेका किरण गुरुङ नै निर्वाचित भए ।२०७० मा एमालेका टुकराजले कांग्रेसका जितप्रकाशलाई पराजित गरे । ७४ को निर्वाचनमा पनि एमालेका केदार सिग्देलले कांग्रेका शंकर भण्डारीलाई हराएका थिए । त्यसबेला केदारले शंकरलाई ३२ सय ७९ को मतान्तरमा पाखा लगाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal