आज :

प्यूठानमा सूर्य थापाको अवस्था केछ ? गठबन्धनभन्दा अगाडि कि पछाडि ? बाहिरियो यस्तो नतिजा

  • अनलाइन डबली

प्यूठान । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाको अग्रता कायम छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा थापा तीन हजार ३१५ मतान्तरले अगाडि छन् ।

थापाले २२ हजार १२३ र पौडेलले १८ हजार ८०८ मत पाएका छन् । हालसम्म झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौवहिनी गाउँपालिकाको मतगणना सकिएको छ ।

यता कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दामोबार पौडेले बैरागीले सत्ता गठबन्धनका रामजीप्रसाद बरालसँग मतान्तर बढाइरहेका छन् । बैरागी २ हजार ७४३ मतान्तरले अगाडि छन् ।

बैरागीले १० हजार मत ९३१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बरालले ८ हजार १८८ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल ६ हजार ६७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

यस्तै अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग २ हजार ६३ मतको अग्रता कायम गरेका छन् ।

रायमाझीले २३ हजार ७२७ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले १ हजार ६८६ मत प्राप्त गरेका छन् ।

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन् ।

नेपाल ४ हजार ७२४ मतले अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal