आज :

काठमाडौँ , प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

  • अनलाइन डबली

 मंसिर ७, काठमाडौँ –  काठमाडौँ , प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले १३ ,एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् ।

काङ्ग्रेसतर्फ डडेलधुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौँ ५ बाट प्रदीप पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेक बहादुर गुरुङ, काठमाडौँ १० बाट राजेन्द्र बहादुर केसी, ललितपुर १ बाट उदय शमशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी, काठमाडौँ ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शङ्कर भण्डारी, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौँ १ बाट प्रकाशमान सिंह, काठमाडौँ ४ बाट गगनकुमार थापा विजयी हुनुभएका छ ।

यस्तै एमालेतर्फ काठमाडौँ ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौँ २ मा सोविता गौतम, काठमाडौँ ७ मा गणेश पराजुली र काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

एकीकृत समाजवादीतर्फ अछाम १ बाट शेर बहादुर कुँवर विजयी हुनुभएको छ । राप्रपातर्फ बारा २ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी विजयी हुनुभएको छ ।

समानुपातिकमा प्रतिनिधिसभा कुन दलले कति मत पाए ?
प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाको आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको बुधबार बिहानसम्मको मतपरिणाम विवरणानुसार एमालेले एक लाख ७४ हजार एक सय ३० मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसको एक लाख ५१ हजार सात सय नौ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ७९ हजार पाँच सय ४६ रहेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) को ७३ हजार ८६, राष्ट्रिय प्रजातन्त्र पार्टीको ४१ हजार पाँच सय ८४ र जनमत पार्टीको १३ हजार छ सय ८२ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १३ हजार एक सय ३६, नेपाल मजदुर किसान पार्टीको १० हजार पाँच सय ४८, नेकपा (एकीकृत समाजवादी)को आठ हजार पाँच सय ६१, नागरिक उन्मुक्ति पार्टीको नौ हजार एक सय ९९, नागरिक उन्मुक्ति पार्टीको आठ हजार चार सय ११ र अन्यको ३५ हजार नौ सय २३ मत रहेको छ ।

प्रदेशसभामा समानुपातिक मत कसको कति ?
निर्वाचन आयोगको बुधबार बिहानसम्मको मतगणनासम्बन्धी विवरणानुसार प्रदेश नं १ मा एमालेले ४६ हजार तीन सय ० र कांग्रेसले ३९ हजार सात सय ९० मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १५ हजार पाँच सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार सात सय ८९, जनता समाजवादी पार्टीले छ हजार तीन सय ६३ र अन्यले १ हजार छ सय ७५ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा भने प्रदेशसभाको समानुपातिकतर्फ कांग्रेस पहिलो स्थानमा देखिएको छ । कांग्रेसले मधेस प्रदेशमा १० हजार पाँच सय ६३ र एमालेले नौ हजार एक सय ५१ मत पाएको छ । त्यस्तै जनमत पार्टीले आठ हजार आठ सय ३६ मत पाएको छ । माओवादी केन्द्रले तीन हजार आठ सय ९१, जसपाले चार हजार सात सय १४ र अन्यले १२ हजार ६९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा प्रदेशसभातर्फ एमालेले २६ हजार एक सय तीन, कांग्रेसले २३ हजार सात सय नौ, राप्रपाले १४ हजार एक सय ५५, माओवादी केन्द्रले ११ हजार आठ सय ५९, नेपाल मजदुर किसान पार्टीले सात हजार आठ सय ३६ र अन्यले सात हजार सात सय ५० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal