आज :

माओवादी केन्द्रका महासचिव गुरुङले ह्वातै घटाए मतान्तर, अझै २६ हजार ८ सय मत गन्न बाँकी 

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले मतान्तर घटाएका छन् । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दुई हजार मत पछि पारेका थिए । तर, पछिल्लो परिणाम अनुसार गुरुङले मतान्तर ह्वातै घटाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उपमहासचिव सुब्बाले २२ हजार ४ सय ३८ मत पाएका छन् भने देवप्रसाद गुरुङले २२ हजार १ सय ३० मत प्राप्त गरेका छन् । अझै २६ हजार ८ मत गन्न बाँकी रहेको छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिएको छ । यअसघि १ हजार ९ सयले अगाडि रहेको सुब्बा अहिले ३ सय ८ मतलेमात्रै अगाडि छन् ।

बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको मतगणना बाँकी रहेको छ । राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकाबाट माओवादीले सोचे अनुरुप मत पाएको थिएन् । बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा ‘लिड’ गर्ने माओवादीको अपेक्षा छ । तर स्थानीय तह चुनावमा दुवै पालिकामा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षसहित एमालेको बहुमत छ ।

लमजुङमा कूल ८० हजार ४ सय ८४ मत खसेको थियो । यो समाचार तयार पार्दासम्म ६ वटा स्थानीय तहको ५३ हजार ५ सय १२ मत गणना भइसकेको छ । अब बेसीसहर नगरपालिका र मर्स्ङ्दी गाउँपालिकाको २६ हजार ८ सय १७ मतगणना बाँकी छ । मत गन्न बाँकी रहेका पालिकामा देव गुरुङको प्रभाव रहेकै कारण जित्ने माओवादीले दावी गरेको छ भने दुबै पालिका जितेकोले एमालेले पनि दाबी गरेको छ ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार अहिले समानुपातिक तर्फको मतगणना भइरहेकोले प्रत्यक्षतर्फको मतगणना रोकिएो छ । खनालले ६ वटा पालिकाको समानुपातिक तर्फको मतगणना भएपछि प्रत्यक्षतर्फको मतगणना सुरु हुने बताए ।

यसैबीच भरखरै प्राप्त मत परिणाम अनुसार पर्सा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अजयकुमार चौरसिया १८ हजार ७७२ मतसहित अगाडि रहेका छन् । एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई चौरसियाले पछि पारेका छन् । एमाले-जसपा गठबन्धनका कुर्मीले १५ हजार ७९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal