आज :

पराजित भएपछि मानुषीको भावुक स्टाटसः जनतासँगै रहेर गलत काममा खबरदारी गर्नेछु

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं-७ पराजित भएपछि मानुषी यामी भट्टराईले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिँदै जित्नेलाई बधाई दिएकी छन् । रास्वपाबाट प्रतिनिधिसभामा निर्वाचित गणेश पराजुली, वाम लाेकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा क बाट निर्वाचित बसन्त मानन्धर ख बाट निर्वाचित नेकपा एमालेका प्रकाश श्रेष्ठलाई बधाई दिएकी छन् ।

बुधबार विहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यामीले निर्वाचन अभियानका दौरान अहोरात्र खट्न लोकतान्त्रिक-वाम गठवन्धनका नेता कार्यकर्तालाई आभार समेत व्यक्त गरेकी छन् । यामीले आफू काठमाडौं-७ का जनताहरूसँग निरन्तर जोडिएर क्रियाशील रहिरहने र नवनिर्वाचित जनप्रतिनिधिहरूसँग सहकार्यमै रहने बताउँदै गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहने समेत प्रतिवद्धता जाहेर गरेकी छन् ।

यस्तो छ स्टाटासः

काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का मतदाता-आमाबुवा, दिदीबहिनी, दाजुभाइ, युवा मित्रहरू सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ निर्वाचित हुनुभएका रास्वपाका उम्मेदवार गणेश पराजुली, प्रदेशसभातर्फ ७(१) बाट निर्वाचित हुनुभएका लोकतान्त्रिक-वाम गठबन्धन (नेकपा-एस) का वसन्त मानन्धर र ७ (२) बाट निर्वाचित हुनुभएका नेकपा एमालेका प्रकाश श्रेष्ठलाई धेरै बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

निर्वाचन अभियानका दौरान अहोरात्र खट्नुहुने लोकतान्त्रिक-वाम गठवन्धनका नेतृत्वगण एवं सबै मित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । मेरो उम्मेदवारीप्रति शुभेच्छा राखी सबै प्रकारको सहयोग गर्नुहुने र सुझाव दिनुहुने सम्पूर्ण शुभेच्छुकहरूप्रति हृदयदेखि कृतज्ञ छु ।
युगीन बाबु लगायत परिवारजन सबैमा धैर्यता र आत्मबलका निम्ति आभार !

यो निर्वाचनमा उम्मेदवार हुँदैगर्दा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरें । आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार, विकास गर्ने प्रण गर्दछु ।

यस दौरान थुप्रै नयाँ साथीहरू, सम्बन्धहरू बने । यी सबैलाई आगामी दिनहरूमा पनि जीवन्त रखिरहनेछु । काठमाडौं-७ का जनताहरूसँग निरन्तर जोडिएर क्रियाशील रहिरहनेछु । नवनिर्वाचित जनप्रतिनिधिहरूसँग सहकार्यमै रहनेछु । गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal