आज :

एकाबिहानै चितवन- २ बाट आयो यस्तो ताजा अपडेट, रवि लामिछाने कति हजार मतले गर्दैछन लिड ? केछ अरुको अवस्था ?

  • अनलाइन डबली

चितवन  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार २७ हजार ४ सय ९४ मत गन्दा रवि लामिछाने ७ हजार ३ सय ९२ भोटले अगाडि छन्।

उनले १३६४१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६२४९ मत ल्याएका छन्। यहाँ नेपाली काग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ५९३५ मत ल्याएका छन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा रहिन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा सीमित बनिन् ।

गौतमले १५ हजार २२९ मत प्राप्त गरिन् भने फुयालले ११ हजार ५५५ मत ल्याए । उता पोखरेलले ११ हजार १४ मत ल्याउँदा ओनसरी घर्तीले ९ हजार ४४९ मत ल्याइन् ।

निर्वाचित भएपछि उनले प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै उनीहरुले उठाएका महत्त्वपूर्ण सवालहरूलाई संसद्मा पैरवी गर्ने विश्वास दिलाएकी छिन् । अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भए पनि लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय नहुने उनले जिकिर गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ’०७९ मङ्सिर ४ मा सम्पन्न सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा यस क्षेत्रका सम्पूर्ण मतदाता आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हृदयदेखि आभार प्रकट गर्दछु ।

आम नेपालीजनको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि असीम भरोसा राख्नुभयो । तपाईंहरूको त्यही भरोसाले मलाई थप जिम्मेवार बनाएको छ ।

मलाई विश्वास गरेर मेरो चुनावी अभियानमा सक्रिय सहभागिता जनाउनुहुने सबै प्रियजनमा हार्दिक आभार व्यक्त गर्दछु ।

लोकतान्त्रिक व्यवस्थाअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत म अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भएकी छु । लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय हुँदैन । अब्बल प्रतिस्पर्धाका लागि म मेरा प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै तपाईंहरुले उठाउनुभएका महत्त्वपूर्ण सवालहरूलाई संसद्मा पैरवी गर्ने विश्वास दिलाउन चाहन्छु ।

आफ्नो तथा पार्टीको घोषणापत्रमा उल्लेख गरेबमोजिमका बाचा पूरा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन अनि समाजमा शान्ति, समता तथा न्याय स्थापित गर्नमा मैले अबको पाँच वर्ष लगाउनेछु । यस कर्ममा यहाँहरूको भरपूर साथको आशा राखेकी छु । धन्यवाद !’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal