आज :

निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविताले फेसबुकमा लेखिन यस्तो स्टाटस, कसलाई के भनिन् ?

  • अनलाइन डबली

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा रहिन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा सीमित बनिन् ।

गौतमले १५ हजार २२९ मत प्राप्त गरिन् भने फुयालले ११ हजार ५५५ मत ल्याए । उता पोखरेलले ११ हजार १४ मत ल्याउँदा ओनसरी घर्तीले ९ हजार ४४९ मत ल्याइन् ।

निर्वाचित भएपछि उनले प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै उनीहरुले उठाएका महत्त्वपूर्ण सवालहरूलाई संसद्मा पैरवी गर्ने विश्वास दिलाएकी छिन् । अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भए पनि लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय नहुने उनले जिकिर गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ’०७९ मङ्सिर ४ मा सम्पन्न सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा यस क्षेत्रका सम्पूर्ण मतदाता आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हृदयदेखि आभार प्रकट गर्दछु ।

आम नेपालीजनको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि असीम भरोसा राख्नुभयो । तपाईंहरूको त्यही भरोसाले मलाई थप जिम्मेवार बनाएको छ ।

मलाई विश्वास गरेर मेरो चुनावी अभियानमा सक्रिय सहभागिता जनाउनुहुने सबै प्रियजनमा हार्दिक आभार व्यक्त गर्दछु ।

लोकतान्त्रिक व्यवस्थाअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत म अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भएकी छु । लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय हुँदैन । अब्बल प्रतिस्पर्धाका लागि म मेरा प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै तपाईंहरुले उठाउनुभएका महत्त्वपूर्ण सवालहरूलाई संसद्मा पैरवी गर्ने विश्वास दिलाउन चाहन्छु ।

आफ्नो तथा पार्टीको घोषणापत्रमा उल्लेख गरेबमोजिमका बाचा पूरा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन अनि समाजमा शान्ति, समता तथा न्याय स्थापित गर्नमा मैले अबको पाँच वर्ष लगाउनेछु । यस कर्ममा यहाँहरूको भरपूर साथको आशा राखेकी छु । धन्यवाद !’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal