आज :

एकीकृत समाजवादीले अछामबाट खाता खोल्यो, बोहरालाई फराकिलो अन्तरले हराउँदै कुँवर विजयी

  • अनलाइन डबली

अछाम । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछामबाट खाता खोलेको छ । मन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर अछामको क्षेत्र नं. १ बाट १९ हजार ५३४ मतसहित विजयी भएका छन् । यो एकीकृत समाजवादीको पहिलो जित हो ।

कुँवरले नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका छन् । बोहराले १५ हजार ४५ मत मात्रै पाए । कुँवरले ४ हजार ४८९ मतको फरक पारेका छन् । त्यस्तै, कुँवरलाई हराउने भन्दै स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याएका छन् ।

त्यसैगरी बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणालाई एमालेको समर्थन थियो । उनले २९५७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी जसपाका मो. इस्तियाक राई २३५२० मतमा रोकिए ।

उता सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कांगेसका हृदयराम थानी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । थानीले ३४ हजार ६२५ मतका साथ विजयी हुँदा एमालेका अमृत बिसी २९ हजार ५५८ मतमा रोकिएका छन् । थानी यसअघि सोही क्षेत्रमा एमालेका नवराज रावतसँग पराजित भएका थिए ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका नेता राजेन्द्र कुमार केसीले जित हात पारेका छन् । मतगणनाको अन्तिम परिणाम नआउँदै उनी विजयी भएका छन् । विजयी भएसँगै मतगणना स्थलमा पुगेका केसीले समर्थकसँग खुसी साट्दै जनताको अभिमतलाई खेर जान नदिने बताए ।

केसीले २०७०, २०७४ र २०७९ मा लगातार तीन वटा चुनाव सोही क्षेत्रबाट जितेका छन् । केसीको विजयसँगै काठमाडौंमा कांग्रेसले काठमाडौंका १० मध्ये ५ सीट जितेको छ । यसअघि कांग्रेसले २०७४ सालमा काठमाडौं क्षेत्र नम्बर १,४,६ र १० नम्बरमा जितेका थियो । यसपटक विगतमा एमालेले जितेको क्षेत्र नम्बर ३ र ५ मा समेत जित निकाल्दा विगतमा जित्दै आएको ६ नम्बर क्षेत्र गुमाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal