आज :

माओवादी केन्द्रका लागि रोल्पाबाट आयो खुसीको खबर, एमालेको बेहाल, ताजा अपडेट हेर्नुहोस्

  • अनलाइन डबली

रोल्पा । प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् ।

१७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका छन् । एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मतसहित पुनलाई पछ्याइरहेका छन् । उनीहरू बीचको मतान्तर ६ हजार १ सय ३० छ ।

यस्तै राप्रपाका लिला राउतले ६ सय ७५, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ३ सय र नेपाल मजदुर किसान पार्टीका नातिभाई हयाम्बोले ३५ मत प्राप्त गरेका छन् ।

उता माओवादी केन्द्रको आधार क्षेत्र मानिने रुकुम पूर्वमा प्रदेशतर्फ माओवादी केन्द्रका आधिकारिक उम्मेदवारलाई चक्मा खुवाउँदै बागीले बाजी मारेका छन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रका तेजबहादुर ओलीलाई रुकुम पूर्वको प्रदेशसभार्फतको क्षेत्र नम्बर १ मा पराजित गर्दै बागी उम्मेदवार विजयी भएका हुन् ।

बागी (स्वतन्त्र) उम्मेदवारी दिएका सुरुल पुनले ४ हजार ४६५ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार ओली बने ।

ओलीले मात्र ३ हजार ९३२ मत पाए । लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी भएका पुन पूर्व माओवादी लडाकू हुन् । तत्कालीन जनयुद्धको कमाण्डर रहेका उनले आफूले प्रदेशमा टिकट पाउनुपर्ने माग गर्दै आएका थिए ।

यसअघि नै प्रदेशसभा सदस्य रहिसकेका ओलीलाई टिकट नदिइ आफूले पाउनुपर्ने उनको अडान थियो । तर, पार्टीले टिकट नदिएपछि पुनले बागी उम्मेदवारी दिएका हुन् ।

सोही क्षेत्रमा अर्का स्वतन्त्र उम्मेदवार द्रुत कुमार पुन मगरले ९५७, तेजेन्द्र बुढा मगरले ३७६ र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार पुरा पुनले ७७ मत पाएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal