आज :

माओवादी उम्मेदवार खेलप्रसादले एमाले सचिव भट्टराईलाई पछि पारे, वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित !

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले सुरुवाती अग्रता लिएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका बुढाक्षेत्रीले नेकपा एमालेका सचिव योगेश भट्टराई पछि पारेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् भने भट्टराईले ५६२ मत मात्रै पाएका छन् । मतपत्र संकलनमा समय लागेकाले ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो ।

यसैबीच काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो । अब ३ हजार ७७९ गन्न बाँकी हुँदा पौडेलले ४६११ मतान्तर बनाएसँगै पोखरेलको हार पक्का भएको छ ।

हालसम्म ४२ हजार २०८ मत गणना सकिइसकेको छ, जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ९ हजार ४६६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए ।

यसैबीच कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार भट्टराई ५ हजार ५ सय ८९ ल्याए अग्रता कायम गरेकी हुन् ।

उनले ५६१ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९३ मत पाएका हुन् । तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनले ३ हजार ३ सय ६७ मत पाएका छन् ।

भरखरै प्राप्त समाचार अनुसार रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् ।

निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको जानकारी दिँदै आचार्य विजयी भएको रातोपाटीलाई बताए । निर्वाचन कार्यालयले आधिकारिकरुपमा मतपरिणाम भने सार्वजनिक गर्न बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal