आज :

प्रचण्ड तेब्बर बढी मतान्तरले अगाडि, एमालेका मियाँ तेस्रो स्थानमा

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेब्बर मतान्तर अगाडि बढिरहेका छन् । गोरखा क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका प्रचण्डसँग नेकपा एमाले र स्वतन्त्र पार्टीका उम्मेदवार निकै पछि परेका छन् । प्रचण्ड निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि छन् ।

पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार १२ हजार ६ सय १५ मत गणना हुँदा प्रचण्डले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका छन् । सुरुदेखि नै अग्रता लिएका प्रचण्डले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् । गोरखा क्षेत्र नम्बर १ मा पनि सत्ता गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले मतान्तर बढाएका छन् । बजगाईंले १ हजार ८सय २१ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले ४ सय १९ मत ल्याएका छन् ।

कैलाली -४ नम्बरकाे पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन् । मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन् । सुरुमा बलायर अग्रता लिएका थिए ।

यसैबीच धनुषाको चार क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अग्रता लिइरहेका छन् । धनुषाको निर्वाचन क्षेत्र न. १ बाहेक तीनवटा क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रता लिइरहेका छन् ।

धनुषा क्षेत्र नं. २ मा एमाले उम्मेदवार उमाशंकर अरगरिया ४८०२ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले पछ्याइरहेका छन् ।

रामकृष्ण्ले ३७९० मत ल्याएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा जसपाका उम्मेदवार आनन्द यादव २९६४ मत पाएका छन् भने चौथोमा एकीकृत समाजवादीका रामचन्द्र झा २१३९ मत पाएका हुन् ।

धनुषा क्षेत्र नं. ३ मा एमाले नेतृ जुलीकुमारी महतोले ६२४३ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठबन्धन लोसपाका उम्मेदवार अनिलकुमार झाले ४४३३ मतसहित पछ्याइरहेका छन् । तेस्रोमा जनमत पार्टीका उम्मेदवार शम्भु साहले १८४१ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal