आज :

बल्ल सुरु भयो रवि लामिछानेको अग्रता, कति मतको अन्तर ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार  लामिछानेले ४ हजार ०७ मत पाएका छन् । यसअघि तेस्रो हुँदै दोस्रो स्थानमा उक्लिएका थिए ।

त्यस्तै पहिलो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेल दोश्रो स्थानमा झरेका छन् । उनले ३ हजार ८७९ मत पाएका छन् । त्यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् । रविको प्रभाव क्षेत्रको मत गणना सुरु भएसँगै अग्रता लिएको बताइएको छ ।

यसैबीच प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग २१९३ मतान्तर बनाएका छन् । विष्टले १११३७ मत ल्याउँदा झाँक्रीले २१९३ मत प्राप्त गरेकी छन् ।

उता कैलाली–३ मा रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ खाता खोलेको छ । यहाँ उन्मु्त्तिका गंगाराम चौधरीले विजयी भएका छन् ।

चौधरीले जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये २३ हजार १ सय २० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए ।

यस्तै, एमालेका पूर्वमन्त्रीसमेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे। राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरेका छन् ।

भरखर सार्वजनिक भएको मत परिणामसँगै सुनसरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले अग्रता लिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी थिइन् ।

७ हजार ४३६ मत गणना हुँदा सुब्बाले १ हजार ५५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् । रास्वपाकी तामाङ १ हजार २८८ मत ल्याउँदै तेस्रो स्थानमा झरेकी छन् ।

स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १ हजार १५४ मत पाएका छन् भने राप्रपाका अशोककुमार राई अविरल १ हजार ५६ मत ल्याउँदै तेस्रो स्थानमा छन् । राप्रपाका राईले सुरुवाती अग्रता लिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal