आज :

एमाले र माओवादीका महासचिव ‘रेड जोन’ मा, फराकिलो मतले पछि पर्दै

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका महासचिव क्रमशः शंकर पोखरेल र देव गुरुङ चुनावी प्रतिस्पर्धामा रेड जोनमा परेका छन् । पछिल्लो पटक सार्वजनिक भएको मत परिणामअनुसार दाङ क्षेत्र-२ बाट उम्मेदवारी दिएका पोखरेल निरन्तर पछि पर्दै आएका छन् । उनी सुरुवातमै पछि परेक थिए । पोखरेल  माओवादी केन्द्रकी रेखा शर्मासँग चुनावी प्रतिस्पर्धामा थिए ।

यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले औपचारिक रुपमा  हालसम्म शर्माले ७ हजार ५११ मत पाउँदा पोखरेलले ५ हजार ९३९ मत मात्र पाएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी शर्माले सुरुदेखि नै पोखरेललाई पछि पार्दै आएकी छन् ।

त्यसैगरी माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङबाट उम्मेदवारी दिएका थिए । गुरुङले सुरुमा अग्रता लिएपनि नेकपा एमालेका पृथ्वी सुब्बाले अहिले पछि पारेका छन् । उनलाई एमालेका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बाले पछि पारेका छन् ।

माओवादीका महासचिव गुरुङले ९ हजार ७९७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले ११ हजार ६१७ मत पाएका छन् । गुरुङले मतान्तर घटाउन सकेका छैनन् ।

यसैबीच केही स्थानमा समानुपातिक तर्फको मतगणना पनि जारी रहेको छ । अहिलेसम्म सबैभन्दा बढी मत नेकपा एमालेले ल्याएको छ भने प्रत्यक्षतर्फ पहिलो हुने संकेत गरेको नेपाली काँग्रेस समानुपातिक तर्फ पछि परेको छ । यो प्रारम्भिक भएकोले कसले लिड गर्ने हो अहिले नै भन्न नसकिने बताइएको छ ।

आज दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । एमाले भन्दा कांग्रेस १३ हजार भन्दा बढीले पछाडि छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । घण्टी चिह्नतर्फ समानुपातिकमा ३६ हजार ल्याएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ३२ हजार ल्याएको छ । समानुपातिकतर्फ राप्रपाले उत्साहजनक मत पाइरहेको छ । अहिलेसम्म राप्रपाले २० हजार मत ल्याएको छ । ३ हजार ७७६ मत ल्याएको एकीकृत समाजवादी भन्दा जनमत पार्टी, नेमकिपा र नागरिक उन्मुक्ति पार्टीले बढी मत ल्याएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal