आज :

काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा निर्वाचित

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । थापा २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे ।

राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए । नेपाली कांग्रेसले जारी मतगणनामा ४६ स्थानमा अग्रता बनाएको छ । यस्तै तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ ।

मंगलबार बिहान साढे १० बजेसम्मको अद्यावधिक विवरणअनुसार काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । यसैगरी मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पछि पार्दै कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् ।

उता बस्नेतको ४ हजार ६१६ मत पाएका छन् । तामाङले २ हजार ९३९ मत पाउँदा बस्नेत १६७७ सय बढी मतले अघि देखिएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको ६ वटा वडाको मत गणना हुँदा यो परिणाम आएको हो ।

यस्तै प्रदेशसभातर्फ प्रदेश प्रदेश ‘ख’ मा माओवादीका युवराज दुलालले ४ हजार ५२९ मतले अग्रता लिएका छन् भने प्रतिस्पर्धी एमालेका अमानसिंह तामाङले २ हजार ८४४ मत पाएका छन् । दुलालले १ हजार ६८५ मतले अग्रता हासिल गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal