आज :

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले लियो देशका १३ निर्वाचन क्षेत्रमा अग्रता, हेर्नुहोस् नामलिस्टसहित

  • अनलाइन डबली

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ ।

मंगलबार बिहान ११ बजेसम्मको अद्यावधिक मतपरिणाम विवरणअनुसार सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले अग्रता बनाएका हुन् ।

जसअनुसार काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराज भक्त श्रेष्ठ, कास्की २ मा माधवप्रसाद कँडेलले अग्रता बनाएका छन् ।

कास्की ३ मा योगराज पौडेल, चितवन १ मा हरि ढकाल, नवलपरासी १ मा महेन्द्र सेन (ठकुरी), रुपन्देही २ मा गणेश पौडेल, ललितपुर ३ मा तोसिमा कार्की, सुनसरी १ मा गोमा तामाङ, सुनसरी २ मा लाल बिक्रम थापा र सुनसरी ३ मा कमल बाबु मैनालीको अग्रता छ ।

यस्तै माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको देखिन्छ। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना सुरुवाती मतगणनामा पछाडि रहेको पाइएको छ ।

रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १ हजार ६२९ का साथ अग्रस्थानमा छन् । यहाँ एमाले उम्मेदवार कैलाश कुमार मल्लले ४६८ मत ल्याएर पछ्याइरहेका छन् ।

सर्लाही –२ माओवादी केन्द्रका महिन्द्र राय यादव १ हजार ११३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतो ८४२ मत प्राप्त गरेका छन् ।

बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेलले ४ हजार ८३९ मतसहित अग्रता लिएका छन् । पौडेललाई एमालेकी मन्जु शर्मा ३ हजार ९१८ मतका साथ पछ्याइरहेकी छिन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक स्थानमा स्वतन्त्र उमेदवारले समाजवादीलाई पछ्याइरहेको छ ।

कुन स्थानमा कसको अग्रता ?
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहत–१ बाट अग्रता कायम गरिरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले ५८३९ मत प्राप्त गरिराख्दा अध्यक्ष नेपालले ६४३१ मत ल्याएका छन् ।

नेपाल र गुप्ताबीचको मतान्तर ५४२ रहेको छ । यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट लिड गरिहेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ५१८८ मत प्राप्त गर्दा पाण्डेले ५३७१ मत प्राप्त गरेका छन् । मेटमणि चौधरीले दाङ १ बाट २०२६ मतले अग्रता कायम गर्दै गर्दा एमालेका शान्ता चौधरीले १३०१ मत प्राप्त गरेकी छिन् ।

यस्तै, सल्यान १ बाट प्रकाश ज्वालाले ७१२९ मतले अग्रता कायम गर्दैगर्दा स्वतन्त्र उमेदवार राजेन्द्रबहादुर शाहले ३७०२ मतसहित ज्वालालाई पछ्याइरहेका छन् । यस्तै, बारा ४ बाट कृष्णकुमार श्रेष्ठले २३०५ मतसहित लिड गर्दै गर्दा एमालेका एकवाल मियाँले १९३७ मतले पछ्याइरहेका छन् ।

यस्तै, अछाम १ बाट शेरबहादुर कुँवरले १९३१ मतसहित अग्रता कायम गर्दा एमालेका झपटबहादुर बोहोराले १४५० मत प्राप्त गरेका छन् । उता डोटी १ बाट प्रेमबहादुर आलेले ४०४९ मतसहित अग्रता कायम गर्दै गर्दा एमालेका गौरीकुमारी ओलीले २३९२ मतले आलेलाई पच्छ्याइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal