आज :

ललितपुर-३ मा तोसिमाले ह्वात्तै बढाइन मतान्तर, कति मतले पछि परे अमृत खड्का र पम्फा भुसाल ? ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले नेकपा एमालेका अमृत खड्कासँग अग्रता बढाएकी छिन् ।

तोसिमाले ५ हजार १२३ मत ल्याउँदा एमालेका खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छिन् ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक रहेका छन् । श्रेष्ठले १० हजार २० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् । राप्रपाका देवेन्द्र प्रधान ३ हजार ५६१ मतसहित चौथो स्थानमा छन् भने साझा पार्टीका मिलन पाण्डे १ हजार ८५० मतसहित पाँचौं स्थानमा छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ ।

तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् । गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई पछाडि पार्दै आफ्नो अग्रता सुरुदेखि नै कायम राखेकी छन् ।

नेकपा एमाले महासचिव पोख्रेल शर्माभन्दा १ हजार ३५२ मतान्तरले पछाडि छन् । १६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० र पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी छन् । उनले २ हजार ५६८ मत पाएका छन् । मंसिर ४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा ७९ हजार मत खसेको थियो ।

लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङले अग्रता लिएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई १९०९ मतले पछि पारेका हुन् ।

एमालेका गुरुङले ९१०९ मत ल्याउँदा माओवादीका देव गुरूङले ७२०० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ७७१ मत ल्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal