आज :

रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन

  • अनलाइन डबली

काठमाडौं । रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको चितवनमा भएको सवारी दुर्घटनामा निधन भएको हो।

राप्ती नगरपालिका–६ हर्दीमा भएको दुर्घटनामा ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

गृहजिल्ला चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा मंगलबार बिहान भएको दुर्घटनामा उनको निधन भएको हो।

चितवनको सुन्दरवस्तीबाट नारायणघाट आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो बिग्रिएर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमा निधन भएको हो। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।

विश्वकर्माको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। पोष्टमार्टमपछि शव परिवारलाई बुझाउने प्रहरीले बताएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal