आज :

काभ्रे-२ मा गोकुल बाँस्कोटाको बेहाल, कति मतले लिड गर्दैछन हुमागाईं ? यस्तो आयो ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौं । काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् । नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै एमालेका बाँस्कोटा निर्वाचित भएका थिए ।

यता नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको पकड भएको भनिएका वडाहरुबाट उल्लेख्य मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा थापा र एमालेका डा. राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा काठमाडौं महानगरका चारवडा (१, ७, ८ र ३०) सहित बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरु पर्दछन् ।

स्थानीय तहको मतको आधारमा राजनका लागि बुढानीलकण्ठका वडाहरु अनुकूल थियो । बुढानीलकण्ठको प्रमुखसहित सबै वडाका अध्यक्षमा एमाले विजयी भएको थियो । तर त्यही क्षेत्रबाट थापाले धेरै मत पाएका छन् ।

मतगणनाको प्रारम्भदेखि नै कांग्रेस उम्मेदवार थापाले अग्रता लिएका १, २, ८, ९, १०, ११, १२ र १३ सहित काठमाडौं महानगरका १ र ७ वडा नम्बरको गणना सकिँदा त्यसलाई कायमै राखेका छन् ।

पछिल्लो अपडेटअनुसार थापाले ५ हजार ५६८ को अग्रता लिएका छन् । उनले १७ हजार ५१६ मत पाउँदा राजनले ११ हजार ९४८ मत पाएका छन् ।

अब काठमाडौं महानगरका ८ र ३० नम्बर वडाको मत गन्न बाँकी छ । यी दुवै वडामा कांग्रेस बलियो छ । स्थानीय निर्वाचनमा दुवै वडाको वडाध्यक्ष कांग्रेसले जितेको थियो । महानगरको वडा नम्बर ८ मा ३ हजार ६१७ मत खसेको छ भने अर्को वडा ३० मा ४ हजार ८७१ मत खसेको छ ।

सबै वडामा गगनको अग्रता
गणना सकिएका १० वटै वडामा थापाले अग्रता निरन्तर कायम राखे । काठमाडौं ४ मा मत गणनाको सुरुवात बुढानीलकण्ठको १ नम्बर वडाबाट गरिएको थियो ।

कांग्रेसभित्र यो वडामा पछि परिन्छ कि भन्ने आशंका थियो । किनकी स्थानीय निर्वाचनमा यो वडामा एमालेले ८४५ मतका साथ वडाध्यक्ष जितेको थियो । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ४७२ मत पाएका थिए ।

तर यही वडामा थापाले अग्रता लिए । कूल खसेको १५११ मतमा थापाले ६६७ मत पाउँदा भट्टराईले ६३३ मत पाए । अर्थात थापाले प्रारम्भमै ३४ मतको अग्रता लिए ।

बुढानीलकण्ठ–२ को मतगणना सकिँदा थापाले अग्रता झनै बढाए । यो वडामा कूल खसेको २७०५ मतमा थापाको पक्षमा १३५८ र भट्टराईको पक्षमा ९४७ मत खसेको थियो । यहाँ दुई उम्मेदवारको मतान्तर ४११ रह्यो । गत स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्ष उम्मेदवारले ७७ मत अन्तरले कांग्रेसलाई यहाँ हराएका थिए ।

बुढानीलकण्ठ–८ मा थापाले मतान्तर झनै बढाए । ३३५५ खसेको मतमा थापाले यस वडामा १४६४ ल्याउँदा भट्टराईलाई ११३१ मत खस्यो । गत स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार यस वडामा ४५४ मतले पछि परेर पराजित भएका थिए । बुढानीलकण्ठ १, २ र ८ को गणना सकिँदा ७७५ को मतान्तर कायम थियो ।

बुढानीलकण्ठकै वडा नम्बर ९ मा एमालेको पक्षमा गएको गत स्थानीय तहको मतलाई थापाले आफ्नो पक्षमा बहुमत ल्याए । यस वडामा थापाले पक्षमा १२३६ मत ल्याउँदा भट्टराईले ७७६ मत पाए ।

वडा नम्बर १० मा पनि थापा नै अघि देखिए । यस वडामा कांग्रेस स्थानीय तहमा ठूलो मतान्तरले पराजित भएको थियो । कांग्रेसका वडाध्यक्ष १२७० मतले हारेको वडामा थापाले ३१७ मत अन्तरले भट्टराईलाई पछि पारे ।

बुढानीलकण्ठका १, २, ८, ९, १२ र १३ वडाको मतगणना सकिँदा थापा ११ हजार ९८६ मतसहित अगाडि रहे । भट्टराईको मत भने ९ हजार २७६ मत पुग्यो ।

काठमाडौं महानगरका वडामा आइपुग्दा कांग्रेस उम्मेदवार थापाले मतान्तर बढाएका छन् । अहिले महानगरको वडा नम्बर ८ मा गणना जारी छ र दुई उम्मेदवारको मतान्तर ५ हजार ६६८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal