आज :

गोरखा २ को प्रारम्भिक मतपरिणाम- प्रचण्डले १३८ मत पाउँदा एमालेको १३, राष्ट्रिय स्वतन्त्र पार्टीको कति ?

  • अनलाइन डबली

काठमाडौँ । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ । सोमबार राति प्राप्त मतगणनाको मतपरिणामअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०० मत गन्दा १३८ मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार अब्दुस मियाले जम्मा १३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् ।

उता डडेलधुरामा हालसम्म २९५६ मत गणना सकिएको छ । जसमा झन्डै आधाजसो मत प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका उम्मेदवार शेरबहादुर देउवाले पाएका छन् ।

देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् । यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।

यस्तै काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । यो क्षेत्रमा अहिले काठमाडौं महानगरपालिकाको वडा नं. १३ र १९ को मतगणना जारी छ ।

श्रेष्ठ विवेकशील साझा पार्टीबाट निर्वाचन बागमती प्रदेशसभाका पूर्वसदस्य हन् । सायमी सडक विस्तार अभियानविरुद्ध आन्दोलन गरेर चर्चामा आएका अभियन्ता हुन् ।

साँझ साढे ५ बजेसम्मको विवरण लौरो चुनाव चिह्नका सायमीले १८ सय ५२ मत प्राप्त गरेका छन् भने घण्टी चिह्न बाहक विराजभक्तले १६ सय ७३ मत ल्याएका छन् ।

उनीहरुलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यको ८५७ मत छ भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले ६७० मत ल्याएका छन् । श्रेष्ठ वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुन् ।

अपराह्न साढे ३ मा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार हाम्रो नेपाल पार्टीका सायमीले १३ सय ३७ र स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले एक हजार ९१ मत प्राप्त गरेका थिए । तेस्रोमा नेकपा एमाले र चौथोमा एकीकृत समाजवादी थियो ।

कार्यालयले योभन्दा अगाडि दुईपटक सार्वजनिक गरेको मतपरिणाममा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्तले अग्रता लिएका थिए । मध्याह्न १२ः३३ मा सार्वजनिक परिणाम अनुसार स्वतन्त्र पार्टीका उनको ६२१ मत थियो भने सायमीको ६०३ मत थियो ।

बिहान ११ः४९ मा सार्वजनिक मतपरिणाममा विराजभक्तको ६०७ मत थियो भने सायमीको ५९१ थियो । नेकपा एमालेको ३०५ र एकीकृत समाजवादीको २१३ मत थियो ।

वडा नं. १३ हाम्रो नेपाल पार्टीका सायमीको घर भएको क्षेत्र हो । कालीमाटी र बाफल पर्ने यो वडामा सायमीले लामो समयदेखि व्यवसाय गरिरहेका थिए । उनले सडक विस्तार अभियान पनि कालीमाटीबाटै सुरु गरेका थिए ।

स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका सायमीले यो वडाबाट उल्लेख्य मत प्राप्त गरेका थिए । विगतमा चाहिँ वडा नं. १३ लाई कम्युनिष्टको पकड भएको क्षेत्र भनिन्छ । गएको स्थानीय तह निर्वाचनमा वडामा एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर निर्वाचित भएका थिए ।

वडा नं. १९ र २४ दुवैमा स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । मतगणना हुन बाँकी वडा नं. १५ मा एकीकृत समाजवादी, २० मा कांग्रेस र २३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको थियो ।

नागर्जुन नगरपालिका ४ कांग्रेस र ५ राप्रपाका उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए । तर, दलहरुका प्रतिनिधिहरुले यसपालि घण्टी र लौरोमा अप्रत्याशितरुपमा भोट देखिएको बताउँदै यसपालि विगतका संकेतहरुले त्यति धेरै सफल नहुने जस्तो देखिएको बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal