आज :

झापा-५ मा ओलीलाई सुरुवातमै फराकिलो अग्रता, काँग्रेसका अधिकारी कति मतले परे पछि ?

  • अनलाइन डबली

काठमाडौँ । झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको ६२१५ मतमध्ये ओलीले ३२१२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् । अहिले गौरीगन्ज गाउँपालिकाबाट गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै झापाको क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । अहिलेसम्म हल्दिबारी गाउँपालिकाको ४४०० मत गणना सम्पन्न हुँदा लिङ्देनले १६७३ मतसहित अग्रता लिएका हुन् ।

नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १३३४ मत प्राप्त गरेका छन् । हल्दिबारी लिङ्देनको प्रभाव रहेको गाउँपालिका हो ।

यता काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।

यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।

चालिसेले १ हजार ८३७ मत ल्याउँदा राईले १ हजार ५३६ मत पाएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् ।

यस्तै काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन् । १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती २४६ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले २२२ मत पाएकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal