आज :

ललितपुर-३ मा फेरि तोसिमाको अग्रता, कति मतले पछाडि छिन पम्फा भुषाल ? ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् ।

नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिएका थिए ।

माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् । यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् । सोमबार दिउँसोसम्म ८०० मत गणना हुँदा उनले २७८ मत ल्याएर अग्रता लिएकी हुन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १६६ र तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १२८ मत पाएकी छन् ।

राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ७८ मत पाएकी छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।

उता मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् । १७०० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले १३०० मत पाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् । क्षेत्र नम्बर ५ को धनपालथान गाउपालिका ४ मा मतगणना जारी छ । मण्डल सोही वडाका बासिन्दा हुन् ।

यो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ र एमालेले जसपाका राजकुमार यादवलाई उम्मेदवारी छाडेको थियो । त्यसपछि एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal