आज :

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठलाई उछिन्दै सुमन सायमीले लिए अग्रता, यस्तो छ ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं-८ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुआती अग्रता कायम गरेका थिए ।

सायमीले ११३७ मत ल्याएर अग्रता उल्ट्याएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र पार्टीमा श्रेष्ठले १०९१ मत पाएका छन् ।

एमालेका शिवसुन्दर राजवैद्यले ५८७ मत पाएका छन् भने पर्यटनमन्त्री समेत रहेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४१७ मत पाएका छन् ।

यता ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।

४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत ल्याएकी हुन् ।

त्यस्तै चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेलले अग्रता बनाएका छन् । उनले १००० मत गणना हुँदा जम्मा २५२ मत पाएका छन् । पहिलो स्थानमा रहेका काङ्ग्रेसका विश्व पौडेलले ३३७ मत पाएका छन् ।

यसअघि विजयी भएका सुरेन्द्र पाण्डे पछिल्लो मतगणनाअनुसार तेस्रो स्थानमा परेका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३२९ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal