आज :

सप्तरी-२ मा सीके राउत दोब्बर मतले अगाडि, उपेन्द्र यादव पछिपछि, यस्तो आयो ताजा अपडेट

  • अनलाइन डबली

सप्तरी । निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ ।

जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

अहिलेसम्म गनिएको मतमा राउतले १०२० मत ल्याएका छन् । एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले ४५२ मत ल्याएका छन् ।

त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।

सप्तरी-२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो।

यस्तै प्रतिनिधिसभाअन्तर्गत सप्तरी क्षेत्र नम्बर १ मा जनमत पार्टीले अग्रता लिएको छ । जनमत पार्टीका उम्मेदवार जयकान्त राउत २ सय ३८ मत प्राप्त गरी अग्रता लिएका हुन् ।

नेपाली कांग्रेसका रामदेव साहले २ सय १४ नागरिक उन्मुक्ति पार्टीकी टीकालक्ष्मी चौधरी २ सय १ र जनता समाजवादी पार्टीका नवलकिसोर साह १ सय ७८ मत प्राप्त गरेका छन् ।

जयकान्त जनमत पार्टीका अध्यक्ष सीके राउतका दाइ हुन् । अध्यक्ष राउत सप्तरी-२ मा निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

राउतले १०२० मत प्राप्त गर्दा जसपा अध्यक्ष उपेन्द्र यादवले ४५२ मत प्राप्त गरेका छन् । सप्तरी अध्यक्ष राउतको गृहजिल्लासमेत रहेकाले यहाँ राम्रो प्रदर्शन गर्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal