आज :

बाजुराको नाटेश्वरी मतदान केन्द्रमा गोली चल्यो, ३ जना घाइते, अवस्था तनाबग्रस्त

  • अनलाइन डबली

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–१ स्थित नाटेश्वरी मतदान केन्द्रमा गोली चलेको छ । मतदान सकिने बेलामा झडप हुँदा गोली चलाउनुपरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला रावलले बताए ।

प्रहरीको गोली लागेर ३ जना घाइते भएका छन् । राजनीतिक दलका कार्यकर्ताले मतदानस्थलमा ढुंगामुढा गरेका छन् । अहिले प्रहरी मतदानस्थल भित्र रहेको र बाहिर दलका कार्यकर्ताले ढुंगामुढा गरिरहेका छन् । घाइतेहरूलाई अस्पताल लगिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले बताए ।

ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको छ ।

चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ । राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।

दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाउनुपरेको दोलखाका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए ।

गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ नम्बर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १ मा प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका–९ मा पनि गोली चलेको छ ।

तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलाउनु परेको बागमती प्रदेशकी डीआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । कालापनीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा गोली चलेको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ । त्यस्तै मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ ।

बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ । डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal