आज :

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

  • अनलाइन डबली

नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

यस्तै आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ ।

अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal