आज :

गोरखाको मतदानस्थलमा बम भेटियो, केछ मतदाताको अवस्था ? थप विवरणसहित

  • अनलाइन डबली

गोरखा । गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

निर्वाचन शुरु भएसँगै द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा बम भेटिएको थियो ।

उक्त बम निस्क्रिय बनाएर अहिले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । सो मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।

उता दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । एक जना मतदाताले मतदान गर्ने क्रममा विवाद भएपछि विवाद भएको थियो ।

विवाद सान्य पार्न प्रहरीले तीन राउण्ड हवाई फायर गरेको हो । हवाई फायर हुँदा आधा घण्टा मतदान रोकिएको थियो ।

सरोकारवाला निकायसँगको छलफलपछि मतदान पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि विवाद भएको थियो । विवाद उत्पन्न भएपछि प्रहरीले सम्झाउने प्रयास गर्दा भीड आक्रोशित बन्दै प्रहरीमाथि ढुंगा मुढा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि हवाई फायर गरेको हो । ​

सरोकारवाला निकायबीचको छलफलपछि अहिले अवस्थामा सामान्य बनेको डिएसपी पाण्डेयले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal