आज :

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित, यस्ताे छ कारण

  • अनलाइन डबली

बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।

राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

उता पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।

६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।

त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।

दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने लक्ष्मी कुँवरले बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal