आज :

धनगढीको मतदानस्थलमा बम विस्फोट, मतदाताहरुको भागाभाग, यस्तो छ थप विवरण

  • अनलाइन डबली

काठमाडौँ । धनगढीको मतदानस्थलमा बम विस्फोट भएको छ। धनगढी- २ काे शारदा माध्यमिक विद्यालय मतदानस्थल नजिक बम विस्फोट भएको छ।

कैलाली जिल्ला प्रहरीको अनुसार केहीबेर अघि विस्फोटकाे आवाज सुनिएको थियाे। सेनाको टाेली घटनास्थल पुगेर अनुसन्धान हुँदैछ। बिस्फोटको आवाज सुनेर मतदाताहरु घरतिर भागेका छन् ।

उता रौतहटमा मतदानस्थलबाहिर हो-हल्ला गर्नेहरूलाई तितरबितर पार्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार गुजरा नगरपालिकाको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरूडा नगरपालिकाको प्रावि भवन अमरपट्टि एक राउन्ड हवाई फायर भएको जानकारी दिए।

‘मतदानस्थलबाहिर हो-हल्ला गर्नेहरूलाई तितरबितर पार्न हवाई फायर गरिएको हो। अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,’ शाहीले भने।

विभिन्न दलका समर्थकले बाहिर हो-हल्ला गरेका थिए। प्रहरीले हवाई फायर गरेपछि उनीहरू त्यहाँबाट हटेका छन्। यता विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ।

चितवन क्षेत्र नम्बर-१ राप्ती-८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।

१५-२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले बताए।

हवाई फायरपछि उनीहरू भागेको र खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए। अहिले भने मतदान पुन: सुरू भएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal