आज :

सत्ता गठबन्धनबीच शतप्रतिशत मत ट्रान्सफर हुन्छ- वर्षमान पुन

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनबीच शतप्रतिशत मत ट्रान्सफरको स्थिति निर्माण भएको दाबी गरेका छन्।

रोल्पाको लिवाङमा चुनावी घरदैलो कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन्।

‘धेरैले गठबन्धन टुट्ने बताएका थिए। हामी बीचको सहकार्य दरिलो बनेको छ। गठबन्धन दलबीच शत प्रतिशत मत ट्रान्सफरको स्थिति निर्माण भएकाले हामी चुनाबाट झनै बलियो बन्नेछौँ,’ पुनले भने।

सत्ता गठबन्धन संविधानको रक्षा र मुलुकको समृद्धिका लागि बनेकाले यसले दीर्घकालीन सहकार्य गर्ने पुनले बताए।

‘धेरैले सत्ता स्वार्थका लागि गरिएको गठबन्धन धेरै दिन नटिक्ने भनेका थिए। जनताले त्यस्तो दाबीलाई अस्वीकृत गरेका छन्। संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनले अब समृद्धिका लागि दीर्घालीन सहकार्य गर्छ,’ पुनको भनाइ छ।

चुनावमा सत्ता गठबन्धनको पक्षमा जनलहर देखिएको पुनको दाबी छ। चुनावी पछि गठबन्धनकै सरकार हुने बताएका उनले उक्त सरकारले मुलुकको आर्थिक स्थितिलाई सबल बनाउने बताए।

‘जनताको आयस्तर बढाउन उद्योग र ठूला आयोजनाहरु निर्माण गर्नुपर्छ’, उनले भने। चुनाव पछिको ५ वर्ष सत्ता गठबन्धनलेनै सरकार चलाउने उनले बताए।

त्यस सरकारले राजनीतिक स्थायित्व, सुशान र विकासका लागि काम गर्ने उनले बताए। गठबन्धन सरकारले संसद विघटन नगर्ने पुनको भनाइ थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal