आज :

चुनाव प्रचारको आज अन्तिम दिन, शीर्ष नेताहरू को कहाँ व्यस्त ?

  • अनलाइन डबली

काठमाडौँ । आज रातिदेखि नै मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलहरु चुनावी सभालाई समापन गर्ने अन्तिम कसरतमा छन् ।

दलका शीर्ष नेताहरू आज पनि सभामार्फत मतदातालाई सम्बोधन गर्न व्यस्त हुने भएका छन् भने उम्मदवारहरु घरदैलोमै केन्द्रित छन् ।

चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

त्यसैगरी सुदुरपश्चिममा रहेका प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सुदुरपश्चिमका दुईवटा चुनावीसभामा सहभागिता जनाउने भएका छन् । उनले आज अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापाले काठमाडौंमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् ।

त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal