आज :

समाजवादी पार्टीलाई धक्का, चुनाव आउँन ४ दिन मात्रै बाँकी रहेका बेला उम्मदेवारी नै खारेज, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ।  निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज भएको हो।

उनलाई बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएर भुक्तान नगरेकाले निर्वाचन अयोगले उनलाई अयोग्य ठहर गरेको हो।

‘प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो,’ आयोगले भनेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal