आज :

भोजपुरमा प्रचण्डलाई टार्गेट गरी बम बिस्फोट गराउने विप्लवका कार्यकर्ता श्रेष्ठ घाइते अवस्थामा पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । भोजपुरको तिवारी भन्ज्याङमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई टार्गेट गरेर बम बिस्फोट गराउन खोज्ने विप्लव नेकपाका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता सुमन श्रेष्ठ रहेका छन् । आफैले बोकेको टिफिन बम पड्केर उनी घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।

यो समाचार तयार पार्दासम्म घटनाको जिम्मा विप्लवले लिएका छैनन् । विप्लव नेकपाले चुनाव खारेज गर्ने निर्णय गरेसंगै देशभर चुनाव बिरोधी गतिबिधि हुन थालेको भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

यता नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्यूरो सदस्य सुदन किरातीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको प्रतिक्रिया दिएका छन् ।

‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं । कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो । विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो’ किरातीले भने,‘चुनावमा हार्ने भएपछि एमालेले जहिलै यस्तै यस्तै घटना घटाउँछ । त्यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दछु ।’

अहिले भोजपुरको तिवारी भन्ज्याङ प्रचण्डसहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गरी रहेका छन् । भोजपुरबाट किराँती गठबन्धनबाट उम्मेदवार भएपछि एमालेका शेरधन राईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।​

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal