आज :

रिजा शाक्यले जितिन् मिस ललितपुर २०७९

  • अनलाइन डबली

आर.बी. क्राउन एण्ड मेनेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न मिस ललितपुर २०७९ रिजा शाक्यले जितेकी छिन् । “५ बर्ष पछि तिमी आफूलाई कुन स्थानमा रहेको हेर्न चाहन्छौ ?” भन्ने निर्णायकको प्रश्नमा “आफू सफल ब्यवसायी एवं सामाजिक कार्यकर्ताका रुपमा कर्म गरिरहेको हुन्छु, मोडलका रुपमा समेत स्थापित हुनुका साथै अन्यलाई पनि सहभागी हुन प्रोत्साहित गरिरहेका हुन्छु” भनी जवाफ दिएर रिजाले मिस ललितपुर २०७९ को उपाधि हात पारेकी हुन् । प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा खातीले चौथो स्थान प्राप्त गरेकी हुन् । कार्यक्रममा आयोजकका तर्फबाट रविन्द्र बज्राचार्यले प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरेका थिए भने कार्यक्रमका सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

निर्णायकमा कलाकार तथा संचारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रका ज्योति थापा तथा चलचित्र निर्देशक राजेशमान सिँह रहेका छन् । कार्यक्रम मिस लिटिल नेवाः फस्ट रनरअप लुँस्वां मानन्धरले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal