आज :

रवि लामिछानेको निर्वाचन क्षेत्रमा घट्यो यस्तो घटना, प्रहरी समेत चकित

  • अनलाइन डबली

चितवन । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ ।

बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए ।

गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले निर्वाचनको मुखमा भ्रम फैलाउने उद्देश्यले अनेकन फण्डा भइरहेको बताएका छन् । आफ्नो ४ वर्षअघि सल्टिएको नागरिकतासम्बन्धी विषय चुनावी फण्डामात्रै भएको उनको दाबी छ ।

‘निर्वाचनको मुखमा कसैका लागि यो फन्डा भयो होला । हामीमाथि फिजिकल र डिजिटल दुवै आक्रमण निरन्तर चलिनै रहेको छ’, उनले फेसबुक लाइभमार्फत भने, ‘यसबाट विचलित भएको छैन र कोही पनि नहुनुहोला । आयोगको पत्र आएको छैन । आएपछि आयोगलाई उचित जवाफ दिने नै छु । त्यसैका आधारमा यहाँहरूलाई जानकारी हुने नै छ।’

उनले ७ दिनको म्याद दिएर पत्र काटेको सुनेको भन्दै पत्र प्राप्त भएपछि सबै जवाफ दिइने बताए । उनले आफूविरुद्ध फण्डा गर्नेहरूलाई मंसिर ४ गते ब्यालेट बक्सबाटै जवाफ दिइने पनि बताए ।

उनले आफूविरुद्ध भ्रम फैलाउनका लागि केही मान्छे चितवनमा अड्डा जमाएर बसेको पनि दाबी गरे । ‘मविरुद्ध फण्डा निकाल्नका लागि एउटा जत्था चितवनमै आएर अड्डा जमाएर बसेको छ।

उसको कामै दैनिक रुपमा फन्डा गरिरहने नै हो’, उनले भने । उनले आफू यस्ता भ्रम र चुनौतीलाई चिरेर आएको मान्छे भएको भन्दै सबै चुनौतीको सामना गर्न तयार रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal