आज :

एयरपोर्टमा देउवा र प्रचण्ड जहाज पर्खिरहेका बेला भीआईपी सुरक्षामा खटिएका प्रहरी हाकिम अचानक ढले, अस्पताल पुर्याउँदा…

  • अनलाइन डबली

नेपालगन्ज । नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ ।

मंगलबार नेपालगञ्ज विमानस्थलको भीआईपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए ।

कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौं फर्किँदै थिए ।

यहीबीचमा भीआईपीको व्यवस्थापनमा खटिएका वरिष्ठ सई भण्डारी अचानक भीआईपी कक्ष बाहिर ढले । तत्काल अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

भण्डारी लामो सयमदेखि मिर्गौलाको समस्याले पीडित थिए । मंगलबार ड्युटीमा रहेका भण्डारीको ‘हर्ट अट्याक’का कारण निधन भएको एसपी अधिकारीले जानकारी दिए ।

उनको शव अहिले नेपालगन्ज नर्सिङ होममा राखिएको छ । परिवारको आग्रहमा दाहसंस्कारका लागि शव काठमाडौं ल्याउन लागिएको छ । उनी बैतडीका स्थानीय हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal