आज :

नेपालमा फेरी शक्तिशाली भूकम्पको धक्का, मान्छेहरुको भागभाग, कहाँ हो केन्द्रविन्दु ?

  • अनलाइन डबली

काठमाडौँ । नेपालमा फेरी भूकम्पको धक्का महसुस भएको छ । अछाम केन्द्रबिन्दू भएर भुकम्प गएको हो ।

मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ । भूकम्पले हल्लाएपछि मान्छेहरुको भागभाग भएको थियो ।

यसअघिकाे भूकम्पका कारण बझाङका विभिन्न स्थानीय तहमा रहेका घरहरु भत्किएका छन् । डोटी भूकम्पपछि पनि शनिबार राति खप्तड छान्ना गाउँपालिकास्थित पाटादेवल केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले दुर्गाथली गाउँपालिका ३ स्थित रकैलका जयलाल पार्कीको २ तले घर, वडा नम्बर ५ का हंशराज जप्रेलको २ तले घर, बित्थडचिर गाउँपालिका ७ का चक्र अधिकारीको २ तले घर र बित्थडचिर गाउँपालिका ७ का रमादेवी ढाँटको ४ कोठे घर भत्किएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै भूकम्पले बित्थडचिर गाउँपालिका ४ का जस्बीर बोहरा, गगन बोहरा र ७ का बिरे बोहराका घरहरु चर्किएका छन् ।

निरन्तर भुकम्पको धक्का जान थालेपछि जिल्लाबासीमा त्रास छाएको छ भने प्रहरीले माइकिङ गरी स्थानीयहरुलाई सचेत रहन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal