आज :

बिए पहिलो वर्षको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफु पास भए नभएको

  • अनलाइन डबली

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ।

लामो समयदेखि रोकिएको नतिजा त्रि.विले मंगलबार सार्वजनिक गरेको हो। नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.tuexam.edu.np मार्फत हेर्न सकिन्छ।

परीक्षा नियन्त्रकले नतिजा प्रकाशित गरेपछि एक सूचना जारी गर्दै स्थगन/अनुपस्थित देखिएका परीक्षार्थीहरूले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराउन पनि भनेको छ।

प्रमाणीकरण गराई मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न भनिएको छ।

स्नातक तह पहिलो वर्षको परीक्षा लिएको १६ महिना भइसक्दा पनि नतिजा सार्वजनिक नगरेपछि अखिल (क्रान्तिकारी)ले परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्न माग गरेको थियो। गत बिहीबार मात्रै अखिल (क्रान्तिकारी)का संयोजक पवन कार्कीले ज्ञापन पत्र बुझाएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal