आज :

यो चुनाव कौरव र पाण्डवबीचको लडाइ हो- प्रचण्ड

  • अनलाइन डबली

नवलपरासी । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेको बताएका छन् ।

नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए ।

‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उनले भने, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’

प्रचण्डले संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नै पर्ने बताएका छन् ।

मंगलबार पश्चिम नवलपरासीको बर्दघाट चौपत्तामा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा सुशासन र विकासमार्फत राजनीतिक परिवर्तनलाई संस्थागत गर्न जरुरी रहेको बताए ।

‘लोकतन्त्रको रक्षा गर्न र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन यो गठबन्धनबाहेक अरू कुनै विकल्प छैन, त्यसैले पनि गठबन्धनका उम्मेदवारहरू विजयी हुन जरुरी छ’, प्रचण्डको भनाइ छ ।

उनले मलखादको समस्या समाधान गर्न मलखाद कारखाना खोल्न सरकार गम्भीर भएर लाग्ने पनि बताए ।

उनले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरीको नवलपरासी आगमले स्थानीय किसानका समस्या, युवा बेरोजगारीको समस्या समाधान हुने र विकासका लागि चौधरी बरदान साबित हुने विश्वास व्यक्त गरे ।

प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँगै सहभागी हुन नवलपरासी आइपुगेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal