आज :

जी २० सम्मेलन : सहभागी नेता साइडलाइन वार्तामा व्यस्त, भारतले अध्यक्षता लिने तयारी

  • अनलाइन डबली

काठमाडौँ । विश्वका ठूला औद्योगिक राष्ट्रहरूको समूह जी २० को बैठक इन्डोनेसियाको राजधानी बालीमा चलिरहेको छ । बैठकका क्रममा सहभागी नेताहरूबीच साइडलाइन वार्ता भएका छन् ।

यो बैठकले युक्रेनमा रुसको आक्रमणबाट प्रभावित खाद्य सुरक्षालाई सम्बोधन गर्न कदम चाल्ने अपेक्षा गरिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले आज चीनका सी जिनपिङसँग वार्ता गरेका छन् । सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षीसँगको भेटवार्तामा आफूले अमेरिका र चीनबीचको द्वन्द्वलाई नहेरेको नयाँ शीत युद्ध नहुने बताएका थिए ।

ताइवान मामिलामा राष्ट्रपति सीले बाइडेनलाई रातो रेखा पार नगर्न चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध चिसिइरहेका बेला दुई नेताबीच सोमबार भेट वार्ता भएको थियो । ताइवानले आफूलाई स्वायत्त र सार्वभौमसत्ता राष्ट्र सम्झन्छ भने बेइजिङले आफ्नो भूभागको अंश मान्दै आएको छ ।

यसैबीच, बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा तत्काल युद्धविराम अन्त्य गरेर वार्तामार्फत समस्या समाधान गर्न सरोकारवालाई आह्वान गरेका छन् ।

‘विगत शताब्दीमा दोस्रो विश्वयुद्धले विश्वमा तहसनहस मच्चायो, त्यसपछि त्यस समयका नेताहरूले शान्तिको बाटोमा लाग्न गम्भीर प्रयास गरे, अब हाम्रो पालो’, प्रधानमन्त्री मोदीले भने ।

साइडलाइन भेटमा मोदीले अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोसँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले खाद्यान्न संकट, जलवायु परिवर्तन र युक्रेन युद्धबारे छलफल गरेका थिए ।

भारतले जी २० को अध्यक्षता लिने तयारी गरेको छ । भारतले विश्वव्यापी जीडीपीको ८५ प्रतिशत र विश्वव्यापी व्यापारको ७५ प्रतिशत प्रतिनिधित्व गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal