आज :

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रावल जिम्मेवारीबाट मुक्त

  • अनलाइन डबली

काठमाडौं । रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल कारबाहीमा परेका छन् ।

अखिल क्रान्तिकारीले उनलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । रावलले पार्टी र संगठनको हित विपरीत काम गरेकाले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार छन् । उनीविरुद्ध रावलले बागी उम्मेदवारी दिएका हुन् । यहाँबाट नेकपा एमालेकी भावना बुढाथोकी उम्मेदवार छिन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेदवार छन् । उनीविरुद्ध माओवादी केन्द्रका सुरुल पुनले बागी उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरेको छ ।

रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर (आयाम) र नेकपा एमालेका कैलाशकुमार मल्ल उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यमा पनि माओवादी केन्द्रका बागी चन्द्रराज झाँक्री उम्मेदवार छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal