आज :

१५ दिनभित्र नतिजा सार्वजनिक गर्न त्रिविसमक्ष बहुमतनिकट अखिल (क्रान्तिकारी)को माग

काठमाडौँ। कम्युनिष्ट पार्टी (बहुमत) निकट आखिल (क्रान्तिकारी)ले १५ दिनभित्र अनिवार्य नतिजा सार्वजनिक गर्न त्रिभुबन विश्वविद्यालयसमक्ष मागपत्र पेस गरेको छ ।

विश्वविद्यालयले वार्षिक कार्यतालिका अनुसार परिक्षाफल प्रकाशित नगरी लाखौँ विद्यार्थीहरुको भविष्य अन्यौलग्रस्त बनाएको भन्दै आखिल (क्रान्तिकारी)ले मागपत्र पेस गरेको हो ।

२०७८ श्रावणमा परिक्षा भएको स्नातक तह प्रथम वर्षको सबै संकायको परिक्षाफल पन्ध्र महिना वितिसक्दा समेत प्रकाशित भएको छैन । जो विद्यार्थीहरु प्रथम वर्षको नतिजा विनै तेस्रो वर्ष अध्ययन गर्न बाध्य छन् ।

पुसमा परिक्षा भएको स्नातक तह चौथो वर्षको सबै संकायको नतिजा, फागुनमा परिक्षा भएको प्रथम वर्षको नतिजा, चैत्रमा परिक्षा भएको तेस्रो वर्षको नतिजा र स्नातकोत्तर तहको सेमेष्टर प्रणाली अन्तर्गतका परिक्षाहरुको समेत समयमै नतिजा सार्वजनिक नभएको भन्दै क्रान्तिकारीले तत्काल परीक्षाफल सार्वजनिक गर्न माग गरेको छ ।

‘तीन महिनामै प्रकाशित गर्नुपर्ने स्नातक र स्नातकोत्तर तहका सबै संकायको नतिजा प्रकाशनमा भएको अस्वभाविक ढिलासुस्तीले विद्यार्थीहरुमा नैरास्यता उत्पन्न गराउने युवा जनशक्तिलाई विदेशिन बाध्य पार्ने र त्रिभुवन विश्वविद्यालयलाई थप धरासायी बनाउने काम भइरहेको छ ।’ मागपत्रमा भनिएको छ,-‘जसले कतै रक्षक नै भक्षक भइरहेको त छैन ? गम्भिर आशंका उत्पन्न गराएको छ ।’

त्यस्तै राजनीतिक दलको भागबण्डाको सोपान चढेर त्रीभुवन विश्वविद्यालय छिर्ने अनि जनताले सकि नसकी तिरेको करबाट जम्मा भएको राष्ट्रिय ढुकुटी ढुटो पारेर विश्वविद्यालयलाई धरासायी बनाउने र लाखौँ विद्यार्थीहरुको भविष्य बर्वादीतिर धकेल्ने हर्कतको संगठनले बिरोध गरेको छ  ।

‘हाम्रो संगठन नतिजा प्रकाशित हुन बाँकी सबै तह र संकायको परिक्षाफल १५ दिनभित्र अनिवार्य सार्वजनिक गर्न त्रिविसँग जोडदार माग गर्दछ । अन्यथा चरणवद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरी कडा संघर्ष गर्न संगठन बाध्य हुनेछ ।’ मागपत्रमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal