
काठमाडौँ । देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका–६ स्थित थारे भीरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
खिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सडक छेउको नालीमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको कन्काई नगरपालिका–२ धनुषकोटी पिकनिक स्पोर्टको गेट अगाडि फलाईचामा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।