आज :

रसुवामा कांग्रेस-एमाले प्रतिस्पर्धा, निर्णायक माओवादी मतदाता

  • अनलाइन डबली

काठमाडौं । रसुवामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले एकसरो घरदैलो कार्यक्रम सकाएका छन् । निर्णायक मतदातातिर उम्मेदवारहरु केन्द्रित भएका छन् ।

रसुवामा एउटै निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभातर्फ आठ राजनितिक दल र तीन स्वतन्त्र गरी ११ जनाको उम्मेदवार छन् । गत स्थानीय तहको चुनावमा वडा तहमा दलहरुले पाएको मतका आधारमा नेपाली कांग्रेस र नेकपा एमालेको हाराहारी मत देखिन्छ ।

कांग्रेसले ११ हजार ८३९ मत पाउँदा एमालेले ११ हजार ४० मत पाएको छ । तेस्रो दल नेकपा माओवादी केन्द्रले ४ हजार ३९२ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा)ले ५६८, स्वतन्त्रले ४०६ पाएका थिए ।

सता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका मोहन आचार्य उम्मेदवार छन् । आचार्यलाई कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन छ ।

भागवण्डामा चित्त नबुझाएर नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभामा छुट्टै उम्मेदवारी दिएको छ । नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यका लागि शिवप्रसाद लामिछाने उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट छोवाङ तेन्जिन तामाङ उम्मेदवार छन् । गत स्थानीय चुनावमा वडा तहमा पाएको मतका आधारमा रसुवामा कांग्रेस उम्मेदवार आचार्य र एमाले उम्मेदवार तामाङ नै मुख्य प्रतिस्पर्धी हुन् ।

आचार्यलाई माओवादी केन्द्रको समर्थन छ । तर, तामाङ माओवादी केन्द्रकै भोट लिएर चुनाव जित्ने रणनीतिमा छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाट निर्वाचित आचार्य पनि चुनाव जित्न कठिन नरहेको बताउँछन् । गत स्थानीय तहको चुनावमा दलहरुले पाएको मतका आधारमा पनि समस्या नरहेको उनलाई लाग्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal