आज :

एमाले नेता हरि काफ्लेमाथि गोरखामा आक्रमण, केछ अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका नेता हरि काफ्लेमाथि गोरखाको च्याङ्लीमा आक्रमण भएको छ।

पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको म्याङ्गो होटलमा आइतबार बेलुकी खाना खाने क्रममा विवाद हुँदा एमाले गण्डकी प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

‘खाना खाने क्रममा दुई समूहबीच झगडा भएको रहेछ। एक जना घाइते हुनुहुन्छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले भने, ‘घटना राजनीतिक होइन। दुई समूहबीच विवादपछि होटलमा रहेका टेबुलका सिसा फुटाउने र वियरका बोत्तल प्रहार भएको हो।’

काफ्लेमाथि आक्रमण गर्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू तनहुँको भएको र उनीहरू पनि एमालेकै कार्यकर्ता भएको बुझिएको उनले बताए।

काफ्लेको टाउकोमा चोट लागेको छ। उनलाई डुम्रेस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ। प्रहरीले राम सापकोटा र अजित क्षेत्रीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

सापकोटा युवा संघ भानु नगरका अध्यक्ष र क्षेत्री युवा संघ नेता भएको प्रहरी स्रोतको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका काफ्ले एमालेबाट गोरखा २ प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवार रहेका अब्दुस मियाँको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal